काठमाडौँ - युद्धबाट ग्रसित युक्रेनको टिम फुटबल मैदानमा उत्रिएको छ। युक्रेनको पुरुष फुटबल टिमले बुधबार राति च्यारिटी खेलमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबचलाई २–१ ले हराएकाे हाे।
युक्रेनले विश्वकप छनोट प्लेअफको तयारीस्वरूप जर्मन क्लबसँग मैत्रीपूर्ण फुटबल खेलेको थियाे। रुसले आक्रमण गरेपछि युक्रेनले पहिलोपटक फुटबल खेलेको हो। खेलमा २० हजार भन्दा बढि दर्शक उपस्थित भएका थिए।
खेलबाट उठेको रकम द्वन्द्वबाट प्रभावितको सहयोगार्थ काम गरिरहेका संस्थाहरूलाई प्रदान गरिनेछ।
युक्रेनले प्लेअफको सेमिफाइनलमा स्टकल्यान्डविरुद्ध आउँदो जुन १ तारिखमा प्रतिस्पर्धा गर्नेछ। विजयी टोलीले प्लेअफ फाइनलमा वेल्सविरुद्ध खेल्नेछ। प्लेअफ सेमिफाइनल खेल सुरुमा मार्च २४ मा हुने भनिएको थियो।
युक्रेनले पछिल्लोपटक नोभेम्बरमा खेलेको थियो। बोस्निया हर्जगोभिनालाई २–० ले हराएपछि युक्रेनले प्लेअफमा स्थान पक्का गरेको थियो।