काठमाडौँ - इंग्लिस क्लब चेल्सीले युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लिगमा फ्रेन्च क्लब लिललाई २-० ले पराजित गरेको छ।
घरेलु मैदान स्टानफोर्ड ब्रिजमा प्राप्त जितले चेल्सीले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
चेल्सीको जितमा काई हाभार्ट्जले आठौं र क्रिस्टिन पुलिसिकले ६३औं मिनेटमा गोल गरे।