बुटवल । तिलोत्तमा नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्डको उपाधि कुँवरवर्ती इङ्लिस बोर्डिङ स्कुलले जितेको छ । गत वर्षसमेत उपाधि जित्न सफल भएको कुँवरवर्तीले नौ स्वर्णसहित यस वर्षको राष्ट्रपति रनिङशिल्ड जितेको हो ।
बिहीबार भएको फाइनल खेलमा शान्ति नमूना मावि मणिग्राम भने आठ स्वर्णसहित दोस्रो हुन सफल भएको छ । त्यस्तै सेन्जोसेप मावि चार स्वर्णसहित तृतीय भएको छ ।
प्रतियोगिताको समापन गर्दै नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीले खेलको माध्यमबाट अन्तरनीहित प्रतिभा प्रस्फुटन गर्न सकिने हुँदा नगरपालिकाले अतिरिक्त क्रियाकलापलाई समेत जोड दिँदै आएको बताए ।
मङ्गलबारदेखि सुरु भएको खेलअन्तर्गत बुधबार एथ्लेटिक्सतर्फका खेल सपन्न भएका थिए भने बिहीबार फाइनल खेल भएका थिए । प्रतियोगितामा तिलोत्तमाभित्रका सामुदायिक र संस्थागत गरी ३४ विद्यालय सहभागी थिए ।