काठमाडौँ - घरेलु टोली पाकिस्तानविरुद्धको ७ खेलको टी-२० शृंखला भ्रमणकारी टोली इंग्ल्यान्डले ४-३ ले जितेको छ। आइतबार राति अन्तिम खेल इंग्ल्यान्डले ६७ रनले जितेको हो।
२ सय १० रनको लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रनमा समेटियो। पाकिस्तानका शान मासुदले ५६ रन तथा खुशदिल शाहले ३७ रन बनाएका थिए। इंग्ल्यान्डका क्रिस वोक्सले ३ विकेट लिएका थिए। यसअघि टस हालेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो।
इंग्ल्यान्डका डेविड मालनले अविजित ७८ रन बनाएका थिए। ह्यारी ब्रुकले अविजित ४६ रनको योगदान गरे। पाकिस्तानका मोहमद हस्नेनले १ विकेट लिएका थिए।