चर्चित ब्याण्ड ‘१९७४ एडी’ले अस्ट्रेलियामा सांगीतिक प्रस्तुति दिने

काठमाडौँ - नेपाली चर्चित ब्याण्ड ‘१९७४ एडी’ले अस्ट्रेलियामा सांगीतिक कार्यक्रम गर्ने भएको छ। अगस्ट २१ देखि सेप्टेम्बर ९ सम्म हुने अस्ट्रेलियाका विभिन्न शहरमा हुने कन्सर्टमा ब्याण्डले आफना लोकप्रिय गीतहरु सुनाउनेछन्।

अस्ट्रेलियाका ८ शहरहरुमा ब्याण्डले आफ्ना चर्चित गीत ‘गुराँसै फुल्यो’, ‘सम्बोधन’, ‘परेलीमा लुकाई राखन’, ‘छुँदैन तिम्रो मायाले’, ‘जति माया लाए पनि’, ‘यो मन त मेरो नेपाली’, ‘पहिलो जुनीमा’, ‘चौबन्दी चोली’लगायत करिब २ दर्जन गीत गाउने भएका छन्।

‘यो मन त नेपाली हो अस्ट्रेलिया टुर २०२२’ टाइटल रखिएको उक्त कार्यक्रम रोटेपिङ्ग इन्टरटेनमेन्टले आयोजना गर्न लागेको हो। आयोजक संस्था रोटेपिङ्ग इन्टरटेनमेन्टले केही ठाउँहरुमा शो सोल्ड आउट भइसकेको र सबैलाई कन्सर्टमा सहभागी भई कार्यक्रम सफल बनाउन आग्रह गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×