एसिया कप क्रिकेट आजदेखि: उद्घाटन खेलमा अफगानिस्तान र श्रीलङ्का खेल्दै

काठमाडौँ - एसिया कप क्रिकेट आजदेखि सुरु हुँदैछ। यूएईमा हुने टी-२० फर्म्याटको प्रतियोगितामा ६ टोली सहभागी छन्।

प्रतियोगिताको उद्घाटन खेलमा आज बेलुका पौने ८ बजे अफगानिस्तान र श्रीलङ्काबीच खेल हुँदैछ। एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन्। समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन्।

हङकङ यूएईलाई हराउँदै एसिया कपमा छनोट भएको हो। पाकिस्तानको पहिलो खेल भोलि भारतसँग हुनेछ। त्यस्तै अगस्ट ३० मा बङ्गलादेश र अफगानिस्तान, अगस्ट ३१ मा भारत र हङकङबीच खेल हुनेछ। सेप्टेम्बर १ मा श्रीलङ्का र बङ्गलादेश तथा सेप्टेम्बर २ मा पाकिस्तान र हङकङबीच खेल हुने तालिका रहेको छ।

प्रतियोगितामा समूहको शीर्ष २ टोलीले सुपर ४ मा स्थान बनाउने छन्। सुपर २ मा शीर्ष २ टोलीले फाइनल खेल्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×