काठमाडौँ। पेरिस सेन्ट जर्मनका (पीएसजी)का फरवार्ड नेइमार घाइते भएका छन्। आइतबार भएको सेन्ट एटिया विरुद्धको खेलमा उनलाई चोट लागेको हो।
खेलमा चोट लागे स्टेचरमा बोकेर मैदान बाहिर लगिएको उनको घुँडामा चोट लागेको छ। जसका कारण उनि आठ हप्तासम्म मैदान बाहिर रहने भएका छन्।
उनलाई आइतबार भएको सेन्ट एटिया विरुद्धको खेलमा स्टेचरमा बोकेर मैदान बाहिर लगिएको थियो । नेइमारले लिग वानका सात खेल र च्याम्पियन्स लिग पनि गुमाउने भएका छन् । ‘परीक्षणका अनुसार नेइमारलाई देब्रे घुँडामा चोट लागेको छ,’ पीएसजीले बताएको छ।
पीएसजी लिग वानमा तालिकाको दोस्रो स्थानमा रहेको रेन्नेस भन्दा १२ अंकले अगाडि छ। यस्तै, च्याम्पियन्स लिगमा समूह ‘ए’को दोस्रो स्थानमा रहदै अन्तिम १६ मा पुग्ने पक्का रहेको छ। पीएसजीले प्रतियोगिता सुरुहुनु अघि डिसेम्बर ७ मा क्लब बर्ग्र्ससँग घरेलु मैदानमा खेल्नेछ।