स्पेनिस ला लिगाः घरेलु मैदानमा रियाल विजयी

काठमाडौँ - स्पेनिस ला लिगाअन्तर्गत बिहीबार राति भएको खेलमा साविक विजेता रियाल मड्रिडले क्याडिजविरुद्ध घरेलु मैदानमा २-१ को जित निकालेको छ।

पहिलो हाफको खेल सकिन ५ मिनेट बाँकी रहँदा एडर मिलिटाओले गरेको गोलसँगै रियालले अग्रता लिएको थियो। प्रतिस्पर्धात्मक खेलको ७०औं मिनेटमा टोनी क्रुसले गोल गर्दै रियालको अग्रता दोब्बर पारेका थिए।

निर्धारित समयको खेल सकिन ९ मिनेट बाँकी रहँदा लुकास पेरेजे क्याडिजका लागि १ गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन पर्याप्त भएन।

जितसँगै १४ खेलबाट ३५ अंक जोडेको रियाल लिग तालिकाको दोस्रो स्थानमा रहेको छ। समान खेलबाट ३७ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहँदा पराजित क्याडिज समान खेलबाट ११ अंक जोडेर १९औं स्थानमा रहेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×