फिफा विश्वकपका लागि इक्वेडरको टिम घोषणा

काठमाडौँ - कतारमा अर्को साता देखि सुरु हुने फिफा विश्वकपका लागि दक्षिण अमेरिकी राष्ट्र एक्वेडरले टिम घोषणा गरेको छ।

प्रशिक्षक गुस्ताभो अल्फारोले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन्। समूह ए मा रहेको इक्वेडरले विश्वकप उद्घाटन खेलमै आयोजक कतारसँग नोभेम्बर २० मा प्रतिस्पर्धा गर्दै विश्वकप सुरुवात गर्नेछ।

इक्वेडर टोली

गोलकिपर - मोइसेस रामिरेज, अलेजान्डर डोमिङ्गेज, हेर्नान गालिनडेन

डिफेण्डर - पिएरो हिनकापी, पेर्भिस इस्तुपिनान, रोर्वट एर्बोलेडा, एन्जेलो, प्रेसिएडो, ज्याक्सन पोरोजो, जाभिएर अरेएगा, फेलिक्स टोरेस, डिएगो पालासिओस, विलियम पाचो

मिडफिल्डर - एन्जल मेना, कार्लोस ग्रुएजो, जोस सिफुएन्टेस, एलान फ्रान्को, मोइसेस साइसेडो, जेरेमी सार्मिएन्टो, झेग्सन मेन्डेज, गोन्जालो प्लाटा, रोमारियो इबारा, अयर्टोन प्रेसिएडो

फरवार्ड - इनर भ्यालेन्सिया, माइकल इस्ट्राडा, जोकाएभ रिएस्को, केभिन रोड्रिगेज

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×