माने लिभरपुल छाडेर जर्मन क्लब बायर्न म्युनिखमा जाने

काठमाडौँ - सेनेगलका फुटबल स्टार साडियो माने इङ्गलिश प्रिमियर क्लब लिभरपुल छाडेर जर्मन क्लब बायर्न म्युनिखमा जाने भएका छन्। फरवार्ड माने बायर्नमा अनुबन्धित हुने पक्का भएको हो।

मानेलाई लिभरपुलले ४१ मिलियन युरोमा बेच्न सहमत भएको जनाइएको छ। ३० वर्षे मानेले बायनसँग तीन वर्षको लागि सम्झौता गर्ने बताइएको छ।

६ वर्ष लिभरपुलमा बिताएका मानेले क्लबका लागि प्रिमियर लिग, एफए कपलगायत ६ वटा उपाधि जितेका छन्। 

मानेले लिभरपुलका लागि २ सय ६९ खेलमा १ सय २० गोल गरेका छन्। यस्तै ४८ गोलका लागि असिस्ट गरेका थिए। 

उनी  २०१६ मा साउथह्याम्पटनबाट लिभरपुल आएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×