काठमाडौँ - इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकाल्दा नापोली बराबरीमा रोकिएको छ। बुधबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई २-० गोल अन्तरले हराएको हो।
घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन डुसन लाहोभिक र आर्काडिउस मिलिकले १-१ गोल गरेका थिए। खेलको नवौं मिनेटमा गोल गर्दै डुसनले युभेन्ट्सलाई अग्रता दिलाए। खेलको इन्जुरी समयमा मिलिकले गोल गर्दै टिमलाई २-० गोलको जित दिलाएका थिए।
जितसँगै युभेन्ट्सले ४ खेलबाट ८ अंक जोडेको छ। युभेन्ट्स तालिकाको चौथो स्थानमा रहेको छ।
बुधबार राति नै भएको अर्काे खेलमा नापोली लेसेसँग १-१ गोलको बराबरीमा रोकिएको । खेलमा सुरुवाती लिएको अग्रता जोगाउन नसक्दा नापोली बराबरीमा रोकिएको हो।