नापोलीलाई जिते पनि लिभरपुल उपविजेतामै सीमित

काठमाडौँ - च्याम्पियन्स लिग फुटबलमा इङ्गलिश क्लब लिभरपुलले नापोलीलाई हराए पनि उपविजेतामै सीमित भएको छ। समूह चरणको अन्तिम खेलमा मंगलबार राति लिभरपुलले नापोलीलाई २-० गोल अन्तरले हराएको हो।

लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह र डार्विन नुनेजले १/१ गोल गरेका थिए। अन्तिम ५ मिनेटमा २ गोल सम्भव भएको हो। ८५ औं मिनेटमा सलाहले र इन्जुरी समयमा नुनेजले गोल गरेका थिए।

यो जितसँगै समूह ‘ए’ को लिभरपुलले ६ खेलमा १५ अंक जोडेको छ। लिभरपुल समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ। गोल अन्तरका आधारमा नापोली १५ अंक जोडेर शीर्ष स्थानमा रहेर नकआउट चरणमा पुगेको छ। नापोली हेड टु हेडमा लिभरपुल भन्दा अघि रहेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×