काठमाडौँ l राजनन्द मन्दब्य र तिलक बस्नेतको आवाज रहेको राष्ट्रभक्ति गीत 'मेरो झन्डा फरफराउँछ' सार्वजनिक भएको छ l गीतमा शब्द गायक मन्दब्य र ईश्वर कुमारको रहेको छ l त्यसैगरि संगीत पनि गायक मन्दब्यकै रहेको छ l गोविन्द राईको निर्देशनमा तयार भएको गीतको भिडियोमा सुर्विर पण्डित ,सन्देश लिम्बु , मुकेश हमाल ,विकास अधिकारी, सोनु गिरी, दीपक थापा, महावीर पुन, गायिका कुन्ती मोक्तान, सुदिप आचार्य, डा. विनोद बिजुक्छे , सिला बहादुर मोक्तान र लोक बहादुर टन्डनको अभिनय रहेको छ l गीतको भिडियो युट्युब च्यानल 'नराडम टिभी'मा उपलब्ध छ l
भिडियो: