भारत। मुम्बईमा बलिउड अभिनेत्री रकुल प्रीत सिंह बस्ने बिल्डिंगको १६औँ तलामा आगो लागेको छ। तर,अहिलेसम्म कुनै नोक्सानको खबर आईसकेको छैन। आगो लाग्नुको कारण पनि अहिलेसम्म पत्ता लागेको छैन। आगो लागेको खबर पाउनासाथ फायर ब्रिगेड र एम्बुलेन्स घट्नास्थलमा पुगेको थियो। आगोले अभिनेत्री रकुलको घरमा कुनै नोक्सान पुर्याएको छैन। आगो आज बिहान लागेको हो। आगो यति भयंकर थियो कि आगो लागेको फ्लोर पुरै कालो भएको छ। फायर ब्रिगेडले समयमा पुगेर आगोमा काबु पाएको थियो। घट्नाप्रति अभिनेत्रीले अहिलेसम कुनै प्रतिक्रिया दिएकी छैनन्। रकुल प्रीत सिंहले २०१४मा आएको चलचित्र यारियाँबाट बलिउडमा डेब्यु गरेकी हुन्। त्यसपछी उनले धेरै चलचित्रमा काम गरिसकेकी छिन्। उनको आउँदो चलचित्रहरु 'एट्याक','मेडे','थ्यांक गड','डाक्टरजी'र 'मिसन सिन्ड्रेला' रहेका छन्।