काठमाडौँ - माक्र्सीय गुरुकुलका अध्यक्ष स्व.स्वनाम (शशी शेरचन)को 'स्मृतिमा स्वनाम' पुस्तक विमोचन गरिएको छ।
एक समारोहका बीच प्रमुख अतिथि वरिष्ट पत्रकार तथा वाम साहित्यकार भैरव रिसाल,वाम विश्लेषक तथा पुस्तक प्रकाशनका सम्पादक निनु चापागाई र पूर्व सांसद तथा माक्र्सीय गुरुकुलका सदस्य घनश्याम शर्मा पौडेलले संयुक्त रुपमा सो पुस्तक विमोचन गरेका हुन्।
यस पुस्तक भित्र सम्पादकको कुरो, प्रकाशकीय र ८३ जना लेखकले उनको बारेमा लेखेका छन् भने अन्तिममा बिभिन्न कालखण्डमा खिचिएको फोटो राखिएको छ।
यस पुस्तकको बारेमा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा सासंद पूर्व शिक्षा मन्त्री गिरिराज मणि पोखरेल,वरिष्ट वाम विश्लेषक श्याम श्रेष्ठ, साहित्यकार आहुतीहरुले टिप्पणी गरेका थिए।
पुस्तकको प्रधान सम्पादक निनु चापागाईं हुन्। पुस्तकमा स्वनाम साथीसँगको सानिध्य रहेका ८५ जनाको व्यक्तिगत संस्मरण समावेश छन्। पुस्तक मार्क्सीय गुरुकुलले प्रकाशन गरेको हो।