काठमाडौँ - बहुप्रतिक्षित फिल्म ‘प्रकाश’को ‘मान्छे मान्छे’बोलको गीत बिहीबार सार्वजनिक भएको छ।
फिल्मको लिरिकल भिडियो प्रस्तुत गरिएको छ। गीतमा सत्यराज आचार्यले स्वर रहेको छ। अशोक शेरचनले लेखेको गीतमा संगीत एलिश कार्कीको रहेको छ। गीतमा क्रान्ति, शासन व्यवस्था, विभेदजस्ता विषयलाई समेटिएको छ।
गीत समावेश दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘प्रकाश’ भदौ १० मा प्रदर्शन मा आउँदै छ। फिल्मलाई विकास सुवेदीले लेखेका हुन्। दिनेशबहादुर रावत फिल्मका सहायक निर्देशक रहेका छन्। फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन्।