पोल्यान्डकी कारोलिनाले जितिन् ७० औं मिस वर्ल्ड

काठमाडौँ - पोल्यान्डकी कारोलिना बिओलेस्का ७० औं मिस वर्ल्ड बनेकी छन्। पोर्टोरिकोमा बिहीबार सम्पन्न भएको मिस वर्ल्डको अन्तिम प्रतिष्पर्धामा अमेरिकाकी श्री सैनी फर्स्ट रनर अप भइन् भने आइभोरी कोस्टकी ओलिभिया यास सेकेन्ड रनर अप बनिन्।

नेपालबाट मिस वर्ल्डमा सहभागी भएकी नम्रता श्रेष्ठ टप १२ मा पर्न नसकेपछि बाहिरिएकी थिइन्।

कारोलिना अहिले व्यवस्थापनमा स्नातकोत्तर अध्ययन गरिरहेकी छन्।
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×