‘जे होला होला’ पुन: प्रसारणमा आउने तयारीमा

काठमाडौँ। हास्यव्यंग्य टेलीश्रृंखला ‘जे होला होला’को प्रसारण कोरोनाका कारण केहि समय रोकिएको थियो। रमाईलो टिभिबाट प्रसारण हुँदैआएको श्रृंखला अब बुधबारबाट ‘अब जे होला होला’ नामबाट प्रसारणमा आउने भएको छ। कार्यक्रम  प्रत्येक बुधबार ग्लोबल टिभी र चुईंचुईं पारेर यूट्युब च्यालन मार्फत साँझ ७ः३० बजे प्रसारण हुने अभिनेता एवं निर्देशक उत्तम केसीले बताएका छन्। 

कार्यक्रममा केसीकै लेखन तथा निर्देशन रहेको छ भने उत्सव केसी निर्देशकको रुपमा आवद्ध छन्। कार्यक्रममा उत्तम केसी नेपाल, लक्ष्मण विक्रम बस्नेत, मुकुन्द मैनाली, गीता नेपाल, उत्सव केसी, शोभा भण्डारी, सुष्मिता श्रेष्ठ, प्रकाश विक्रम थापा, सन्देश राउत, विजय तिमिल्सिना, किरण केसी, गगन बास्तोला, संगिता श्रेष्ठ आदि कलाकारहरुको अभिनय रहने गरेको छ। 

दुर्गा केसी निर्माता रहेको कार्यक्रममा  ज्ञान कुमार कट्टेलको छायांकन र प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×