काठमाडौँ। नेपाली चलचित्रका अभिनेता रमित ढुंगानाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनको बायोपिक चलचित्र बनाउने भएका छन्। सामाजिक विषयवस्तुमा चलचित्र बनाउने रुची राख्ने रमितले मुस्कान खातुनको बायोपिक बनाउने घोषणा गरेका हुन्। चलचित्रको छायांकन पुसको अन्तिम साताबाट सुरु हुनेछ। मुस्कान सन् २०१९ मा १५ वर्षकी हुँदा एसिड आक्रमणमा परेकी थिइन्।