जब मन्त्रीलाई कपिल शर्मा शोमा प्रवेश गर्न दिएनन् गार्डले...

भारत। भारतकी केन्द्रीय मन्त्री स्मृति ईरानीले कमेडी कार्यक्रम 'द कपिल शर्मा शो'मा प्रवेश पाईनन्। आफ्नो पुस्तक ‘लाल सलाम’को प्रचारका लागि कार्यक्रममा पुगेकी मन्त्रीलाई सेटका सुरक्षा गार्डले चिन्न सकेनन् र भित्र प्रवेश गर्न दिएनन्। सो कारणले आफ्नो अपमान भएको भन्दै मन्त्री कार्यक्रमको शूटिंग नै नगरी फर्किइन्। यो कुरा कपिल र उनको समुहलाई थाह भएपछी ठुलो  हंगामा मच्चियो।  प्रोडक्शन टिमले तुरुन्तै मन्त्रीसँग सम्पर्क गरेर कुरा मिलाउने कोशिस गर्यो तर मन्त्री इरानी रिसाई नै रहेपछी शूटिंग रद्द गर्नुपर्यो।  त्यसपछि ठूलो संख्यामा प्रहरी बल त्यहाँ  पुग्यो र कपिलको प्रोडक्सन टीमसँग निकै बेरसम्म कुरा भयो। अन्ततः कुरा मिलेन र प्रोडक्सन टीमले सेटसँग सम्बन्धित मानिसलाई घर पठाए।खबरका अनुसार मंगलबार साँझ मन्त्री उनका ड्राइभर र अन्य दुई मानिसको साथमा शोमा सुटिङका लागि गएकी हुन्। स्मृतिले सुरक्षाकर्मीलाई सेटमा एपिसोड सुटिङका लागि आफूलाई निमन्त्रणा दिइएको भन्दा पनि उनलाई भित्र छिर्न दिइएन। लाख कोशिस गर्दा पनि सुरक्षाकर्मीले उनलाई प्रवेश गर्न दिएनन्। यसैबिच एक कम्पनीका खाना सप्लाई गर्ने युवकलाई भने बिना सोधपुछ नै भित्र जान दिए। त्यसपछी मन्त्री धेरै रिसाइन् र कपिल शर्मालाई सम्पर्क गर्न खोजिन् तर कपिलसँग कुरा हुन सकेन। त्यसपछी उनी रिसाउँदै फर्किइन्। जब गार्डलाई आफुले मन्त्रीलाई रोकेको थाह भयो उनी त्यहाँबाट भागे र आफ्नो फोन पनि बन्द गरे। प्रोडक्शन टिमले इरानीलाई फकाउन निकै कोशिस गर्यो तर सकेन। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×