प्रदर्शनमा आउनु अघि नै मलयालम चलचित्रले कमायो सय करोड

भारत। मलयालम चलचित्र मराक्करले प्रदर्शनमा आउनु अघि नै एक सय करोडको कमाइ गरेको छ। अभिनेता मोहनलाल अभिनित चलचित्रको निर्देशन प्रियदर्शनले गरेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्र ४१ सय स्क्रिनमा रिलिज गरिएको छ। जसको १६ हजार शो पहिल्यैदेखि बुकिङ भइसकेको छ। जसको हिसाब गर्दा चलचित्रले प्रदर्शन हुनु अघि नै सय करोड कमाएको छ। चलचित्रमा सुनिल शेट्टी, अर्जुन सारजा, प्रभु, अशोक सिल्वन आदि कलाकारहरुको अभिनय रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×