भारत। बलिउड अभिनेत्री सुष्मिता सेनको आउँदो वेब सिरिज 'आर्या २'को ट्रेलर सार्वजनिक भएको छ। अभिनेत्री सुष्मिताले स्वयम् चलचित्रको ट्रेलर सामाजिक सञ्जालमा शेयर गरेकी छिन्। उनले क्याप्सनमा लेखेकी छिन् "तपाईको धैर्यताका लागि धन्यवाद। आर्यालाई तपाईका अघि ल्याउन पाउँदा धेरै खुशी छु। यो सिजनमा उसको कमजोरी नै उसको तागत रहेको छ। बघिनी आउदैछिन्। सिरिज १० डिसेम्बरमा ओटिटि प्ल्याटफर्म डिज्नी प्लस हटस्टारमा आउनेछ।" राम माधवानीको निर्देशनमा तयार भएको सिरिजमा सुष्मिताका अलावा विकास कुमार, चंद्रचूर सिंह, सिकंदर खेर, जयंत कृपलानी, अंकुर भाटिया, मेयो सराव, विश्वजीत प्रधान, सुगंधा गर्ग, गीतांजलि कुलकर्णी, आकाश खुराना, दिलनाज ईरानी, चारु शंकर र सोहेला कपूर पनि मुख्य भूमिकामा रहेका छन्।
ट्रेलर