नेपाल आइपुगे 'अमेरिकन आइडल' का उपविजेता नेपाली युवा अर्थर गन

काठमाडौँ - अमेरिकी गायन रियालिटी शो 'अमेरिकन आइडल' का उपविजेता नेपाली युवा अर्थर गन अर्थात् दिवेश पोखरेल नेपाल आइपुगेका छन्.

उनी बुधबार अपरान्ह काठमाडौं आइपुगेका हुन्। त्रिभुवन विमानस्थलमा उनी नेपाली ढाकाटोपीमा देखिएका थिए। उनीसहित उनको ब्यान्डका अन्य ४ जना सदस्य पनि काठमाडौं आइपुगेका छन्।

सन् २०२० को अमेरिकन आइडलमा उपविजेता भएका उनी त्यसयता पहिलोपटक नेपाल आएका हुन्। पोखरेल आगामी शनिबार हुने सांगीतिक प्रस्तुतीका लागि काठमाडौं आएका हुन्।

उनले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायत नेपालका विभिन्न सहरहरूमा प्रत्यक्ष सांगीतिक प्रस्तुती दिने बताइएको छ। टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा उक्त कार्यक्रम हुन लागेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×