आज सबै प्रदेशमा माओवादी केन्द्रको बन्दसत्र र उम्मेदवारी दर्ता हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको शनिबारदेखि सुरु प्रदेश सम्मेलनअन्तर्गत आइतबार सबै प्रदेशमा बन्दसत्र र उम्मेदवारी दर्ता हुँदैछ ।

शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट एकैसाथ प्रदेश सम्मेलनको उद्घाटन गरेका थिए।

माओवादी केन्द्रले सोमबारसम्ममा प्रदेशको नयाँ नेतृत्व चयन गरी प्रदेश सम्मेलन सक्ने जनाएको छ । प्रदेश नम्बर दुईको पालिका अधिवेशन वाँकी रहेकाले पुस ३ गतेमात्र निर्वाचन हुने केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठले बताए ।

माओवादी केन्द्रका अनुसार आइतवार प्रदेश २ बाहेक अन्यत्र बन्दसत्र हुँदै छ । बन्दसत्रमा सचिवले आफ्नो प्रदेशको प्रतिबेदन पेश गरेर पारित गर्नेछन् । सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने माओवादी केन्द्रको तयारी छ ।

यसअघि सात जना पदाधिकारी रहने व्यवस्था भएकोमा अब प्रदेशमा ९ जना रहने निर्णय गरिएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×