काठमाडाैँ - बंगबन्धु एसियन यु-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दैछ। नेपाल र आयोजक बंगलादेशबीचको खेल साँझ ४ बजेबाट सुरु हुने बताइएको छ।
नेपाल भलिबल संघले गत आइतबार नै १९ सदस्यीय टोलीलाई बिदाई गरेको थियो। प्रशिक्षक जगदिश भट्टको प्रशिक्षणमा रहेको टोलीको कप्तानी ओपन स्पाइकर धिरोजकुमार बस्नेतले गर्नेछन्। यस अघि संंघले खुला छनोटमा आएका ८६ खेलाडीबाट राष्ट्रिय टोली निर्माण गरेको थियो।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका र काजकिस्तान रहेका छन्।