काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजबाट २ रुपैयाँको नयाँ सिक्का बजारमा पठाउने भएको छ । बैंकका अनुसार उक्त सिक्का दृष्टिविहिनहरुले पनि पहिचान गर्न सक्ने तरिकाले छापिएको छ ।
साविककै आकारमा सुनौलो रंगमा उक्त सिक्का बनेको छ जसमा टकमरी गरी साल २०७७ लेखिएको छ । बैंकले हालै मात्र रु. १ र २ का सिक्का छापेको थियो । बैंकका अनुसार आजबाट बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र ६४ वटा थोप्ला छन् भने माथिल्ले भागमा अंग्रेजीमा आरएस टु र तल्लो भागमा देवनागरीमा २ रुपैयाँ लेखिएको छ । यसै गरी सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ ।
दृष्टिविहिनहरुले पहिचान गर्न सकुन भनि नक्साको ठिक माथिल्लो भागको दायाँ तर्फ स्पर्श गरि सिक्का पहिचान गर्न सकियोस भनि दुईवटा थोप्ला राखिएको छ ।
