भीमफेदीको खहरे खोलामा झोलुङ्गे पुल

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–५ स्थित खहरे खोलामा झोलुङ्गे पुल निर्माण हुने भएको छ । रु ५१ लाखको लागतमा निर्माण हुने सो पुलको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम् लामाले आइतबार शिलान्यास गरे । 

सङ्घीय सरकार र गाउँपालिकाको लगानी बन्ने सो पुलबाट भीमफेदीको दमार तथा सोलभ्ज्याङका बासिन्दालाई आवतजावतमा सजिलो हुने जनाइएको छ । एक सय १४ मिटर लम्बाइको  पुल छ महिनाभित्र निर्माण सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×