भारत। शिबानी दांडेकर र फरहान अख्तरले १९ फेब्रुअरी सन् २०२२ मा विवाह गरेका हुन्। हाल उनीहरुको विवाहको बिभिन्न कार्यक्रमका तस्विरहरू सामाजिक सञ्जालमा छाईरहन्छन्। यसैबिच आफ्नो सामाजिक सञ्जाल खातामा शिबानीले फरहानसँग खिचेका केहि तस्विर पोस्ट गरेकी छिन्। जुन अहिले प्रशंसकहरू बिच चर्चाको विषय बनेको छ।
उनले आफ्ना नजिकका साथीका लागि पार्टी दिएकी थिइन्. टि तस्विरहरू सोहि पार्टीका हुन्। उक्त तस्बिरमार्फत उनले आफु गर्भवती भएको अफवाह फैलाउनेलाई जवाफ दिएकी छिन्। बुधबार उनले पोस्ट गरेको उक्त तस्विरमा उनले आफ्नो एब्स देखाएकी छिन् र लेखकी छिन् "म महिला हुँ ! म गर्भवती छैन। त्यो टकिला थियो।"

तीन दिन अघि शिबानीले पोस्ट गरेको तस्बिर तस्विर हेरेर धेरैले उनी गर्भवती भएको अड्कल गरेका थिए।
