काठमाडौँ - कतार विश्वकपमा मोरक्कोसँग अप्रत्यासित हार व्यहोरेपछि स्पेनको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस एनरिके बर्खास्त भएका छन्।
प्रिक्वार्टरफाइनलमा मोरक्कोलाई सहज पराजित गर्ने पूर्वानुमान विपरीत स्पेन मोरक्कोसँग टाइब्रेकरमा पराजित भएको थियो। हार लगत्तै स्पेनिस फुटबल संघले एनरिकेलाई बर्खास्त गरेको हो।
सन् २०१८ देखि स्पेनिस टोलीको नेतृत्व गरिरहेका उनले २०२० को युरोकपमा टोलीलाई सेमिफाइनलसम्म पुर्याएका थिए।