कांग्रेसले सर्वसम्मत ढङ्गले स्थानीय तहको उम्मेदवार चयन गर्नुपर्छ : नेता सिंह

काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले सर्वसम्मत ढङ्गले स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार छान्नुपर्ने बताएका छन्। नेपाल निर्माण व्यवसायी महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान गर्न आज यहाँ आयोजित कार्यक्रममा उनले स्थानीय तहको निर्वाचनमा आफ्नाभन्दा पनि राम्रा व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने बताए।

“विगतमा पार्टी नेतृत्वले राम्राभन्दा पनि आफ्ना व्यक्तिलाई उम्मेदवार बनाउँदा पार्टीलाई स्थानीय निर्वाचनमा असर प¥यो”, उनले भने। पार्टीका पूर्वमहामन्त्री सिंहले कांग्रेसले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टीको विधान र नियमावलीलाई पालना गर्नुपर्ने बताए।

“कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि घरघर जाउँ, कांग्रेस जिताउ देशव्यापी अभियान सञ्चालन गरेको छ, योग्य व्यक्तिलाई हेरेर पार्टीले स्थानीय तहको निर्वाचनमा टिकट दिनुपर्छ”, उनले भने। स्थानीयवासीसँग भिजेको व्यक्तिलाई टिकट दिँदा निर्वाचन सजिलै जित्न सकिने उनको भनाइ थियो।

महासङ्घका नवनिर्वाचित अध्यक्ष रवि सिंहले आफूले निर्माण व्यवसायीको हकहितका लागि काम गर्ने र निर्माण क्षेत्रमा रहेका विकृति, विसङ्गतिको अन्त्य गर्ने बताए। कांग्रेस नेतृत्वको सरकार बनेपछि निर्माण व्यवसायीले राहत महसुस गरेको उनको भनाइ थियो।

उनले कोरोनाका कारण अस्तव्यस्त बनेको मुलुकको निर्माण क्षेत्रलाई सही बाटोमा ल्याउन निर्माण व्यवसायीले आगामी दिनमा काम गर्ने बताए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×