सर्लाही - चर्चित भारतीय हास्य कलाकार राजपाल यादव नेपाल आएका छन्। सर्लाहीको मंलगवामा उनी आएका थिए। गोपाल सेवा समितिको नवौं राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिका रुपमा उनी सहभागी हुन नेपाल आइपुगेका हुन्।
उक्त महाधिवेशनमा सहभागि हुन आइपुगेका यादवलाई आयोजकले ५६ किलोको ठूलो फूलको माला लगाइदिएर सम्मान गरेका थिए। उक्त कार्यक्रममा बोल्दै भारातीय चर्चित हास्य कलाकार यादव आफू कलाकारको हैसियतले नभइ परिवारको सदस्य भएर गोपाल सेवा समितिको अधिवेशनमा आएको बताएका थिए। उनले नेपाल एउटा प्राचिन पवित्र भूमि रहेको र जगत जननी सीता माताको पवित्र जन्म भूमि समेत भएका कारण पृथ्वी रहेसम्म हरेक भारतीय नागरिकको आस्थाको केन्द्रबिन्दु रहि रहने बताए। उनले वैसुदेव कुटुम्ब भने झै संसार नै एक परिवार रहेका कारण पृथ्वीमा भएका सबै नागरिकलाई आफूले सम्मान गर्दै आएको समेत बताए।
कुनै पनि कलाकारलाई कुनै एक विशेष जातिमा बाँध्न नहुने बताउदै सबै नेपालीको माया प्रेम र स्नेहले आफू यहाँसम्म आइपुगेको उनले जानकारी दिए। कार्यक्रममा उनीसँग सेल्फी खिचाउने र भेट गर्ने सर्वसाधारणको तछाडमछाडले भिड नियन्त्रण गर्न प्रशासनलाई हम्मेहम्मे परेको थियो।