काठमाडौँ - हुम्लाका अतिविपन्न सुत्केरीका लागि आर्थिक सहयोग अभियान थालिएको छ।
जिल्ला अस्पताल हुम्लाका नर्स केसाङ डोल्मा लामाले विभिन्न सामाजिक संस्थाको आर्थिक सहयोगमा जिल्लाका उनीहरूलाई चामल, दाल, नुन, चिनी, तेल र अण्डा सहयोग गरिएको जानकारी दिए। जिल्ला अस्पतालमा सुत्केरी भएकामध्ये विपन्नलाई रु. तीन हजार ७५० बराबरको आर्थिक सहयोग गरिएको उनले बताएका छन्।
मोबाइलमा एप्सको प्रयोग गरेर कोडका आधारमा उनीहरूलाई खाद्यान्नदेखि सरसफाइका सामग्री सहयोग गरिँदै आइएको जनाइएको छ।