नेटफ्लिक्स फिल्म ‘डार्लिङ्स’को टिजर रिलिज

काठमाडौँ - नेटफ्लिक्सले आफ्नो नयाँ फिल्म ‘डार्लिङ्स’को टिजर सार्वजनिक गरेको छ। बलिउड अभिनेत्री आलिया भट्ट स्टारर फिल्म अगस्ट ५ मा नेटफ्लिक्समा रिलिज हुँदैछ।

फिल्मलाई गौरी खान, आलिया र गौरव वर्माले मिलेर निर्माण गरेका हुन्। यो फिल्मबाट जसमित के रीनले फिचर फिल्म निर्देशनमा डेब्यु गर्दैछन्।

डार्क कमेडी फिल्म ‘डार्लिङ्स’मा आलिया भट्टका अलावा शेफाली शाह, विजय वर्मा र रोशन म्याथ्युको मुख्य भूमिका रहेको छ।

फिल्मले मुम्बईमा बस्ने आमा-छोरीको कथा प्रस्तुत गरेको छ। उनीहरुको जीवनमा आउने असाधारण परिस्थिति र त्यससँग जुध्न उनीहरुको गरेको प्रयत्नलाई फिल्मले प्रस्तुत गर्छ। फिल्मको लेखन जसमित र परवेज शेखले गरेका हुन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×