काठमाडौँ - इटालियन सिरी ‘ए’ को नयाँ सिजन आजबाट सुरु हुँदैछ। लिगको पहिलो दिन चार खेल हुँदैछन्। आज सवा १० बजे २ खेल हुँदैछन्। जसमा साम्पडोरियाले एट्लान्टा तथा साविक विजेता एसी मिलानले उडिनेसको सामना गर्नेछन्।
घरेलु मैदान लुइगिस फरारिसमा एट्लान्टाको समान गर्दा साम्पडोरियाको लक्ष्य सुखद सुरुवात गर्ने हुनेछ। एटलान्टा पनि घरेलु टोलीलाई स्तब्ध पार्दै विजयी सुरुवात गर्ने सोचमा छ।
मिलान आज घरेलु मैदान सान सिरोमा उडिनेसलाई हराउँदै उपाधि रक्षा अभियानको सुखद थालनी गर्ने प्रयासमा हुनेछ। उडिनेस पनि घरेलु टोलीलाई हराउँदै जितका साथ लिगको सुरुवात गर्न चाहाना छ।
त्यस्तै,राति साढे १२ बजे पनि २ खेल हुँदैछन्। जसमा मोन्जाले टोरिनो तथा लिसले इन्टर मिलानको सामना गर्नेछन्। मोन्जा घरेलु मैदान स्टेडियो ब्रायन्टिओको फाइदा उठाउँदै टोरिनोलाई पराजित गर्दै लिगमा विजयी सुरुवात गर्ने दाउमा रहेको छ। टोरिनो पनि घरेलु टोलीलाई स्तब्ध पार्दै जितका साथ लिगको सुरुवात गर्ने प्रयासमा हुनेछ।
लिसको घरेलु मैदान स्टेडियो कम्युनले भिया डेल मारेमा उत्रिँदा इन्टर मिलाको लक्ष्य जितका साथ लिगको सुरुवात गर्ने हुनेछ। लिस पनि घरेलु मैदानमा जित हात पार्दै विजयी सुरुवात गर्न चाहन्छ।