काठमाडौँ - नवप्रवेशी गुजरात टाइटान्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति कोलकातामा भएको पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा पुगेको हो।
राजस्थानले दिएको १८९ विजयीि लक्ष्य गुजरातले १९.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो। गुजरातको जितमा डेभिड मिलरले विस्फोटक ब्याटिङ गर्दै ३८ बलमा अविजित रहँदै ६८ रन बनाएका थिए। त्यस्तै कप्तान हार्दिक पाण्डेयले कप्तानी इनिङ्स खेल्दै २७ बलमा अविजित रहँदै ४० रन जोडे।
यस्तै सुबमन गिल र म्याथ्यु वेडले समान ३५–३५ रन बनाए। राजस्थानका ट्रेन्ट बोल्ट र ओबेड म्याकक्वेले १–१ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १८८ रन जोडेको थियो। राजस्थानका लागि जोस बट्लरले ५६ बलमा ८९ रन बनाए।
कप्तान सन्जु सामसनले २६ बलमा ४७ रन जोड्दा देवदुत पडिकलले २८ रन बनाएका थिए।
गुजरातका मोहमद शामी, यश डयल, साई किशोर र हार्दिक पाण्डेयले एक एक विकेट लिए।
यो जितसँगै गुजरातले डेब्यु सिजनमै फाइनलमा स्थान बनाएको हो। अब राजस्थानले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नु पर्नेछ । इलिमिनेटरको विजेतासँग राजस्थानले खेल्नेछ ।
इलिमिनेटरमा आज कोलकातामै नवप्रवेशी लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ।