धेरैपछि शाहरुख र काजोलको जोडी करणको फिल्ममा

काठमाडौँ- बलिउडमा निर्देशक तथा निर्माता करण जोहरसँग शाहरुख खान र काजोलको सम्बन्धको बारेमा बताइरहनु पर्दैन।

‘कुछ कुछ’ होता है’ मार्फत बलिउडमा स्थापित नै भएका करण, शाहरुख र काजोलले एकसाथ फिल्महरुमा काम गरेका छन्। शाहरुख र काजोलको जोडीलाई दर्शकले अत्यधिक रुचाएका छन्। यो जोडीले अन्तिम पटक फिल्म ‘दिलवाले’ मा स्क्रीन सेयर गरेको थियो। 

‘दिलवाले’ फ्लप भएपछि यो जोडीसँगै देखिएको छैन। यद्यपि यो जोडीलाई करणको आउँदो फिल्म ‘रकी’ और पिन्कीकी प्रेम कहानी’ मा देख्न सकिनेछ। करणले आफ्नो प्राय फिल्ममा काजोललाई केमियो गराउँदै आएका छन्। करण निर्देशित ‘ए दिल है मुस्किल’ मा भने शाहरुखले केमियो गरेका थिए।

यद्यपि त्यसबेलाको तिक्तता दुईबाट नै हटिसकेको छ। यसैले गर्दा करणको फिल्ममा काजोलसँगै यसपटक शाहरुखको समेत केमियो रहने छ। यो जोडीलाई फिल्ममा करणले कैद गर्दैछन्। 

 यद्यपि मुम्बईमा सुट हुने सिनको बारेमा अन्य जानकारी दिइएको छैन। करण आफ्नो अन्य फिल्म झैँ यसमा पनि सरप्राइज होस् भन्ने चाहन्छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×