गायक सनुप पौडेलको नयाँ गीत ‘पलहरु’ सार्वजनिक

काठमाडौँ - गायक सनुप पौडेलले गीत ‘पलहरु’ सार्वजनिक गरेका छन्। मान्छेले आफूमा समेट्ने भनेकै आफू बाँचेका पलहरु भएको भाव समेटिएको गीतमा सफर पोखरेलको शब्द र रोमी बस्नेतको संगीत तथा एरेन्ज रहेको छ।

‘पलहरु’को भिडियोलाई कृपा अर्यालले निर्देशन गरेकी छिन्। भिडियोमा असीम रानाभाट र रिकी राना फिचर्ड रहेका छन्। जीवन रिजालले खिचेको भिडियोलाई रुपेश खड्काले सम्पादन गरेका छन्।

सुनपका पहिलो पिरती, तिम्रो देशैमा, यस्तै सम्बन्ध, दैव हे लगायतका गीत चर्चित छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×