चलचित्र ‘भस्मे डन’ निर्माण हुँदै, दसैँमा रिलिज हुने

काठमाडौँ - केही समय अगाडि नेपाली कथानक चलचित्र ‘पशुपतिप्रसाद’को सिक्वेल निर्माण हुने समाचार बाहिरिएको थियो। यद्यपि, दर्शक र समीक्षक दुवैले मन पराएको यो चलचित्रको सिक्वेल कहिले आउँछ हालसम्म यकिन छैन।

तर, सोही निर्माण युनिटले ‘पशुपतिप्रसाद’को मुख्य खलपात्र ‘भस्मे डन’ नामक चलचित्र निर्माण गर्ने भएको छ। चलचित्र ‘भस्मे डन’ फागुनको पहिलो साताबाट छायांकनमा जाँदै छ। चलचित्र पशुपति क्षेत्र विकास कोष परिसर वरिपरी नै छायांकन हुनेछ।

कथा खगेन्द्र लामिछानेले लेखिसकेका छन्। निर्देशन ‘पशुपतिप्रसाद’का निर्देशक दीपेन्द्र के खनालले गर्नेछन्। चलचित्रको मुख्य भूमिकामा ‘भस्मे डन’ अर्थात विपीन कार्की स्वयं हुनेछन्। चलचित्र यही आउँदो दसैँमा रिलिज हुनेछ। दसैँको लामो बिदालाई लक्षित गरेर चलचित्र रिलिज गर्ने तयारीमा रहेको निर्माण स्रोतले जनाएको छ।

‘भस्मे डन’ नेपाली सिने वृत्तसँगै आम मानिसले रुचाएको चरित्र हो। यही चरित्रमा देखिए पछि विपीन कार्की लोकप्रिय अभिनेतामा दरिएका थिए। र, उनको माग बढेको थियो। जुन आज पनि कायम छ। त्यसयता उनले थुप्रै सिनेमामा धेरै चरित्र निभाए पनि ‘भस्मे डन’लाई रिप्लेस गर्ने चरित्र आजसम्म आउन सकेको छैन।

चलचित्र ‘पशुपतिप्रसाद’बाट विपीनसँगै निर्देशक दीपेन्द्र के खनाल रोजाइको निर्देशक र खगेन्द्र लामिछाने लोकप्रिय कलाकार बनेको थिए। चलचित्र ‘पशुपतिप्रसाद’मा पशुपतिप्रसाद, भस्मे डन र हनुमान मुख्य पात्र थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×