इजरायलबाट थप १९ नेपालीको उद्धार, भारतीय विमानबाट ल्याइँदै (नामावलीसहित)

काठमाडौं - प्यालेस्टानी आतंककारी हमास समुहको द्वन्दका कारण इजरायलमा अलपत्र परेका थप १९ नेपालीको उद्धार गरेको छ। सरकारले इजरायलमा रहेका १९ नेपालीलाई भारतीय विमानमार्फत उद्धार गरेको हो।

परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अविभबाट भारतको उद्धार विमानमार्फत् १९ नेपालीको उद्धार गरिएको जानकारी दिए। मन्त्रालयले स्थानीय समयानुसार तेल इजरायलको तेल अभिभबाट बिहान ९ बजे स्पाइस जेटमार्फत १९ नेपाली नागरिक आउने जनाएको छ।

मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारीसाधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए। नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याइने छ।

कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई सम्बन्धित स्थानमा पुर्‍याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ। उनीहरु मंगलबार बेलुकी ६–७ बजेसम्म नयाँ दिल्ली पुग्ने बताइएको छ।

सरकारले यसअघि पहिलो चरणमा इजरायलबाट २५४ नेपालीलाई स्वदेश ल्याइसकेको छ। असोज २० गते शनिबार आर्तककारी समुह हमासको आक्रमणमा परि १० जना नेपालीले ज्यान गुमाएको छ । उनीहरुको शव छिट्टै नेपाल ल्याउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यी हुन् उद्धार गरिएका नेपालीहरु:

नन्दसिंह भुल
सुजेन्द्र खड्का
प्रतिभा रौनियार
अनुमा डंगोल
हिना खाँण
आतिस गुरुङ
जुनु गुरुङ
मौसमी पाख्रिन
प्रतिमा तिम्सिना
राजकुमार मानन्धर
संगीता दुलाल
उर्मिला रावल
ममता थापा
दिलकुमारी अधिकारी कार्की
निश्चल श्रेष्ठ
समिता बस्नेत
अम्बिका सुवेदी
सिरता गुरुङ
उर्मिला श्रेष्ठ

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×