काठमाडौँ - हलिउड फिल्म ‘जोकर’को सिक्वेल फिल्मको प्रदर्शन मिति तय भएको छ।
टड फिलिप्सको निर्देशन रहेन ‘जोकर : फोली अ डू’ सन् २०२४ को अक्टोबर ४ मा रिलिज हुने भएको हो।
‘जोकर’को सिक्वेलमा जोकिन फिनिक्स नै मुख्य भूमिकामा देखिनेछन्।
सन् २०१९ मा रिलिज भएको फिल्म ‘जोकर’ले विश्वभरिबाट एक बिलियन डलर कलेक्सन गरेको थियो।