कुस्मा नगरपालिकाकी उपमेयर रिजालले एक महिनाको तलब भूकम्प पिडीतलाई दिने

काठमाडौँ - पर्वतको कुस्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले आफ्नो  एक महिनाको तलब भूकम्प पिडीत राहतकोषमा जम्मा गर्ने घोषणा गरेका छन् । 

उपमेयर रिजालले जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं १ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती गएको भूकम्पबाट पिडीतहरुको राहत र उद्दारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेकी हुन ।  

भूकम्पबाट पिडीतको राहत र उद्दारमा सहयोग पुगोस भन्ने उद्देश्यले एक महिनाको पारिश्रमीक जम्मा गर्ने निर्णय गरेको रिजालले बताईन । शुक्रबार  ११.४७ बजेको  समयमा गएको ६.४ म्याग्निच्युटको  भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम जिल्लामा मानवीय र भौतिक क्षति पु¥याएको छ ।  उहाँले उद्दार र राहतमा सबै लाग्न आब्हान पनि गरेकी छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×