शिक्षकसँग विद्यार्थीको भविष्य जोडिएको छ : शिक्षामन्त्री पौडेल

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएका छन्। शनिवार काठमाडौं आयोजित एशोसियएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएका हुन् ।

बाल्या अवस्थामा बालबालिकाको सर्वाङ्गिक विकास हुने चरण भएकाले उनीहरुको भविष्य कस्तो हुने भन्नेमा शिक्षकहरुको पनि जिम्मेवारी हुने उनको भनाइ छ ।

‘बाल्यावस्थामा अनुसासन, शिक्षा, र संस्कार सिकाउने कुरा हुन्छ’, उनले भने, ‘आमा पछिको पाठशाला भनेको विद्यालय नै हो ।’

बच्चाको भावना बुझ्ने कुरामा पुरुषभन्दा महिलाहरु नै अघि भएको बताउँदै पेशामा लाग्नेहरुलाई संस्थाले प्रोत्साहन गर्नु पर्नेमा जोड दिए ।

‘तपाईंहरुका अप्ठ्याराहरु छन् मैले बुझ्छु’ उनले भने, ‘ तोकिएको तलब तथा अन्य समस्याहरु मन्त्रालयले समाधान गर्छ ।’

मन्त्री पौडेलले बाल विकासका शिक्षकहरुलाई सरकारले तोकेको तलब उपलब्ध गराउन आफूले स्थानीय तहहरुसँग समन्वय गरिरहेको बताए । कार्यक्रममा देशका उत्कृष्ट प्रि–स्कुललाई अवार्ड प्रदान गरिएको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×