नवलपुरबाट पल शाहलाई पुन: तनहुँ पुर्‍याइयो

काठमाडौँ। एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा हिरासतमा रहेका कलाकार पल शाहलाई पुन: तनहुँ लागिएको छ। फागुन २४ गते उनलाई बयानका लागि नवलपुर लागिएको थियो। त्यसअघि उनी तनहुँ प्रहरीको हिरासतमा थिए। उनीविरुद्ध बलात्कार आरोपमा तनुहँ प्रहरीमा किटानी जोहरी परेको थियो। जसको केहिदिनमा उनले फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।   

 प्रहरीले पहिलोपटक तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद लिई थालेको अनुसन्धान दोस्रोपटक पुन: १२ दिनको म्याद थपी थप अनुसन्धान गरिरहेको छ। यसैबिचमा नाबालिगको तर्फबाट नवलपुरमा समेत  जाहेरी दर्ता भएको थियो। त्यसैले बयान र अनुसन्धानका लागि उनलाई नवलपुर लगिएको थियो। बयानपछि उनलाई मंगलबार पुन: तनहुँ प्रहरी हिरासतमा राखिएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×