पर्सा । पर्साको वीरगञ्जमा पछिल्लो समय भेटिएको कोरोना भाइरस सङ्क्रमण (ओमिक्रोन भेरियन्ट) हो वा होइन सो पत्ता लगाउन २५ नमूना जिन सिक्वेन्सिङका लागि काठमाडौँ पठाइएको छ । वीरगञ्जमा परीक्षण गर्दा पोजेटिभ देखिएको २५ नमूना जिन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको वीरगञ्जस्थित नारायणी अस्पतालका प्रयोगशाला प्रमुख सूक्ष्म जीवविज्ञ डा प्रभाकर पाण्डेले बताए ।
जिल्लाका विभिन्न स्थानमा पछिल्लो पटक गरिएको ऐन्टिजेन परीक्षणमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकाहरुको (ओमिक्रोन भेरियन्ट) हो वा होइन सो पत्ता लगाउन २५ नमूना जिन सिक्वेन्सिङका लागि काठमाडौँ पठाइएको हो । सङ्क्रमण पुष्टि हुनेहरुमा अधिकाशं ३५ देखि ६० वर्ष उमेर समूहका भारतीय नागरिक रहेका छन् ।