कांग्रेस लुम्बिनी प्रदेशमा पुन

काठमाडौँ । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति पदमा अमरसिंह पुन निर्वाचित भएका छन्।

आइतबार सम्पन्न निर्वाचनबाट उनले ८६७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी भरतकुमार शाहले ७६७ मत प्राप्त गरेका निर्वाचन अधिकृत डा. बुद्धबहादुर थापाले जानकारी दिए। उनका अनुसार निर्वाचनमा १ हजार ६ सय ३१ मत खसेको हो। नवनिर्वाचित पुन रोल्पाका कांग्रेस नेता रहेका छन् भने शाह प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सभापति रहेका छन्।

यसैगरी, उपसभापतिद्वयमा राजु खनाल र भुवनप्रसाद श्रेष्ठ, महामन्त्रीद्वयमा विक्रम खनाल र सुरेन्द्र आचार्य, सहमहामन्त्री त्रयमा विष्णु मुस्कान, खगराज पाण्डे र निमा गिरी विजयी भएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×