भारत। बलिउड अभिनेता सलमान खानले बलिउड चलचित्र उद्योगमा धेरैलाई मौका दिएका छन्। सलमान खानले आफ्ना पिता सलीम खानसँग यो कुरा सिकेका हुन् कि कोहि प्रतिभावान भेटे त्यसलाई मौका दिनुपर्छ। नयाँ कलाकारहरुलाई बलिउडमा मौका दिने सलमान अब नामी कलाकारहरूलाई बलिउड फर्काउने तयारीमा रहेका छन्। केहि समयअघि मात्र सलमानले चलचित्र 'रेस ३'बाट बबी देओललाई फर्काएका थिए। अब खबर आएको छ की सलमान दक्षिण भारतीय कलाकार दग्गुबाति वेंकटेशलाई बलिउडमा फर्काउने तयारीमा लागेका छन्। वेंकटेशले करिब २५ वर्ष अघि बलिउडमा 'तकदीरवाला' नामको चलचित्रमा काम गरेका थिए। खबरका अनुसार निर्माता साजिद नाडियाडवालाको एक्सन-कमेडी चलचित्रमार्फत सलमानले वेंकटेशलाई फर्काउन लागेका हुन्। रिपोर्टका अनुसार चलचित्रको बाँकी कलाकारहरु तय भएपछी छायांकनमा जानेछ।