काठमाडौँ। बलिउड अभिनेत्री दिशा पटानी अक्सर सामाजिक सञ्जालमा तस्विरहरू शेयर गरिरहन्छिन्। उनले एक पटक फेरी आफ्नो सौन्दर्यले प्रशंसकहरुको ध्यान तानेकी छिन्। ऐनाअघि आफुलाई हेरिरहेकी दिशाको यो तस्विर अहिले सामाजिक सञ्जालमा भाईरल भइरहेको छ। तस्विरमा दिशा बिकिनीमा देखिएकी छिन्।
दिशाका यि तस्विरमा ९ लाखभन्दा धेरै लाइक आएका छन् भने प्रशंसकहरु कमेन्टमार्फत उनको धेरै प्रशंसा गरिरहेका छन्। हाल दिशा आफ्नो आउँदो चलचित्र 'एक भिलेन रिटर्न्स'का कारण पनि चर्चामा रहने गरेकी छिन्। यो चलचित्रमा उनी अर्जुन कपूर र जोन अब्राहमसँग देखिदैछिन्। यसका अलावा दिशा 'योद्धा'मा सिद्धार्थ मल्होत्रासँग देखिदैछिन्। यि दुवै चलचित्र २०२२मा आउने अड्कल गरिएको छ।