'चकमक झुलो'मा पल शाह र गरिमा शर्मा

काठमाडौँ। 'चकमक झुलो' बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा किरण गजमेर र रचना रिमालको आवाज रहेको छ भने अमर बन्तु राईको शब्द तथा राजन राज सिवाकोटीको संगीत रहेको छ।

बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतको भिडियोमा पल शाह र गरिमा शर्माको अभिनय रहेको छ। गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×