काठमाडौँ - एसएस राजामौलीको निर्देशनमा बनेको भारतको सबैभन्दा महँगो चलचित्र 'आरआरआर'ले विश्वव्यापी बक्स अफिसमा उल्लेख्य व्यापार गरेको छ। फिल्मको कमाइले विशेषगरी तेलुगु राज्य र अमेरिकामा धेरै रेकर्ड तोडेको छ।
फिल्मले हिन्दी बजारमा राम्रो सुरुवात गरे पनि निरन्तरता भने दिन सकेन। सप्ताहन्तमा राम्रो व्यापार गरे पनि सोमबार व्यापारमा गिरावट आएको छ। फिल्मले हिन्दी भर्जनमा मात्रै १३१ करोडको आँकडा पार गरिसकेको छ। आरआरआर लागतको हिसाबले ठूलो फिल्म भएता पनि कोरोना महामारीका कारण यो फिल्मको रिलिज डेट पटक-पटक स्थगित गरिएको थियो।
आरआरआरको हिन्दी भर्जनको एक हप्ताको दैनिक कमाइ कमाइ :
शुक्रबार: १९ करोड
शनिबार: २४ करोड
आइतबार: ३१.१ करोड
सोमबार: १७ करोड
मंगलबार: १५ करोड
बुधबार: १३ करोड
बिहीबार: १२ करोड (प्रारम्भिक अनुमान)
नेट सङ्कलन: १३१.५ करोड