भारत। भारतको इलाहबाद हाईकोर्टले 'मिर्जापुर २' वेबसीरीजका निर्माता, निर्देशक र लेखकका विरुद्ध दर्ता गराइएको 'एफआइआर' रद्द गरेको छ। यो उजुरी फरहान अख्तर, रितेश सिधवानीविरुद्ध गरिएको थियो। जसमा उनीहरुले उत्तर प्रदेशको छवि बिगारेको आरोप लगाइएको थियो। न्यायाधीश एमसी त्रिपाठी र सुभाष विद्यार्थीले यो उजुरी खारेज गरेका हुन्। उजुरीमा निर्माताका अलावा करन अंशुमान, गुरमीत सिंह, पुनीत कृष्णा र विनीत कृष्णको नाम पनि सामेल थियो। उजुरी १७ जनवरि २०२१मा कोतवाली देहात पुलिस स्टेशन मिर्जापुरमा एक स्थानीय पत्रकारले दर्ता गराएका थिए।